इटहरी । VIVO ले नेपालमा आफ्नो बजेट स्मार्टफोन vivo Y31d को नयाँ 4GB RAM + 128GB स्टोरेज भेरियन्ट सार्वजनिक गरेको छ। यससँगै फोनको सुरुआती मूल्य घटेर रु. ३२,९९९ पुगेको छ।
vivo को Y सिरिज लामो समयदेखि दैनिक प्रयोगकर्तालाई लक्षित बजेट स्मार्टफोनका रूपमा परिचित छ। तर पछिल्लो समय लगातार बढिरहेको मूल्यका कारण Y31d सार्वजनिक हुँदा यसको मूल्य अपेक्षाकृत उच्च भएको थियो। यही अवस्थालाई ध्यानमा राख्दै कम्पनीले कम मूल्यको नयाँ भेरियन्ट बजारमा ल्याएको देखिन्छ ।
vivo Y31d ले सेप्टेम्बर २०२५ मा सार्वजनिक भएको vivo Y21d लाई प्रतिस्थापन गरेको हो।

मूल्यमा उल्लेखनीय वृद्धि
सुरुवातमा vivo Y31d को मूल्य 6GB/128GB भेरियन्टका लागि रु. २९,४९९, 8GB/128GB का लागि रु. ३३,९९९ र 8GB/256GB का लागि रु. ३८,९९९ तोकिएको थियो। तर RAM अभाव तथा ढुवानी खर्च बढेका कारण हाल यसको मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ।
हाल नेपालमा vivo Y31d को मूल्य सूची:
4GB + 128GB : रु. ३२,९९९ (नयाँ)
6GB + 128GB : रु. ३७,९९९
8GB + 128GB : रु. ४३,९९९
8GB + 256GB : रु. ५१,९९९

विशेषगरी 8GB/256GB भेरियन्टको मूल्य रु. ५० हजारभन्दा माथि पुगेपछि कम्पनीले कम मूल्यको 4GB भेरियन्ट सार्वजनिक गरेर सुरुआती मूल्य घटाउने प्रयास गरेको देखिन्छ।
डिजाइनमा परिवर्तन
डिजाइनका हिसाबले पनि vivo ले Y सिरिजमा केही परिवर्तन गरेको छ। यसअघिका Y400, Y21d, Y04 तथा Y19s Pro जस्ता मोडलमा दुईवटा ठाडो क्यामेरामुनि Aura Light वा फ्ल्यास राखिएको थियो। तर vivo Y31d मा भने दुईवटा क्यामेराको छेउमा डुअल फ्ल्यास राखिएको नयाँ डिजाइन अपनाइएको छ, जसले यसलाई अघिल्ला Y सिरिजका फोनभन्दा फरक देखिने बनाएको छ।

Body: 166.64 x 78.43 x 8.39/8.49 mm (Grey/Gold), 219 gm
Build: Flat-plastic body, IP68/69/69+
SIM: Dual SIM (2 nano-SIMs)
Display: 6.75-inch, HD+ LCD, 720 x 1570 pixels, 120Hz, 1250 nits (HBM)
Chipset: Snapdragon 6s Gen 2 4G (6nm)
Memory: 6/8GB LPDDR4X RAM, 128/256GB UFS 2.2 storage
OS: Android 16, OriginOS 6
Rear Camera: 50 MP, ƒ/2.0 (main) + 2 MP, ƒ/2.4
Front Camera: 8 MP, ƒ/2.05
Battery: non-removable Si/C Li-Ion 7,200 mAh, 44W wired
Colors: Feather Gold, Starlight Grey
vivo Y31d Price in Nepal: Rs. 32,999 (4/128GB) | Rs. 29,499 37,999 (6/128GB) | Rs. 33,999 43,999 (6/256GB) | Rs. 38,999 51,999 (8/256GB)
