Author: टेक प्रवाह

काठमाडौं। विश्वव्यापी रूपमा मेमोरी चिपको लागत बढ्नुका साथै आपूर्ति शृंखलामा देखिएको अवरोधका कारण सन् २०२६ को दोस्रो त्रैमासिकमा स्मार्टफोन बजार प्रभावित भएको छ। प्रविधि अनुसन्धान संस्था ओम्डिया (Omdia) का अनुसार यस अवधिमा विश्वभर स्मार्टफोन बिक्री अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले घटेर २७ करोड २० लाख युनिट मा सीमित भएको छ। ओम्डियाका अनुसार सन् २०२५ को अन्त्यदेखि नै विश्वव्यापी स्मार्टफोन आपूर्ति निरन्तर घट्दो क्रममा रहेको छ। विशेषगरी मेमोरी चिपको अभाव र विभिन्न कम्पोनेन्टको लागत बढ्दै जाँदा उत्पादन खर्च महँगिएको छ। यही अवस्था कम्तीमा सन् २०२६ को बाँकी अवधिसम्म पनि कायम रहने अनुमान गरिएको छ। सस्ता स्मार्टफोन ब्रान्ड बढी प्रभावित रिपोर्टअनुसार मूल्य-संवेदनशील…

Read More

इटहरी । आईफोन विश्वभर उत्कृष्ट क्यामेरा भएका स्मार्टफोनमध्ये एक मानिन्छ। तर धेरै प्रयोगकर्ताले समयसँगै फोटो धमिलो देखिने, फोकस राम्रो नहुने वा पहिलेभन्दा क्यामेराको गुणस्तर घटेको महसुस गर्ने गरेका छन्। वास्तवमा धेरै अवस्थामा यो हार्डवेयर बिग्रिएको होइन, सामान्य सेटिङ, लेन्सको सरसफाइ वा सफ्टवेयरका कारण हुने समस्या हो । यदि तपाईं पनि आफ्नो iPhone को क्यामेरा पहिलेजस्तो स्पष्ट नभएको अनुभव गर्दै हुनुहुन्छ भने, तलका उपायहरू अपनाएर यसको प्रदर्शन सुधार गर्न सक्नुहुन्छ। १. क्यामेराको लेन्स नियमित रूपमा सफा गर्नुहोस् धेरैजसो अवस्थामा क्यामेरा खराब भएको जस्तो देखिनुको मुख्य कारण लेन्समा लागेको धुलो, औंलाको छाप वा तेल हो। यी कारणले प्रकाश ठीकसँग प्रवेश गर्न नसक्दा…

Read More

इटहरी । OpenAI ले ChatGPT का लागि ChatGPT Work नामक नयाँ AI एजेन्ट सार्वजनिक गरेको छ। यो फिचरले साधारण प्रश्न–उत्तरभन्दा बाहिर गएर अनुसन्धान, रिपोर्ट तयार पार्ने, प्रस्तुति बनाउने, स्प्रेडसिट व्यवस्थापन गर्ने तथा विभिन्न एप र फाइलसँग काम गर्ने जस्ता जटिल कार्यहरू पूरा गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ChatGPT Work ले प्रयोगकर्ताको निर्देशनअनुसार लामो समय लाग्ने कार्यहरू क्रमशः सम्पन्न गर्न सक्छ। यसले काम गरिरहेको अवस्थाको प्रगति पनि देखाउँछ र आवश्यक पर्दा प्रयोगकर्तासँग थप जानकारी माग्न वा स्वीकृति लिन सक्छ। यससँगै OpenAI ले ChatGPT को Voice Mode लाई पनि नयाँ GPT-Live-1 मोडेलमा अपग्रेड गरेको छ। नयाँ Voice Mode ले प्रयोगकर्ताको…

Read More

इटहरी । VIVO ले नेपालमा आफ्नो बजेट स्मार्टफोन vivo Y31d को नयाँ 4GB RAM + 128GB स्टोरेज भेरियन्ट सार्वजनिक गरेको छ। यससँगै फोनको सुरुआती मूल्य घटेर रु. ३२,९९९ पुगेको छ। vivo को Y सिरिज लामो समयदेखि दैनिक प्रयोगकर्तालाई लक्षित बजेट स्मार्टफोनका रूपमा परिचित छ। तर पछिल्लो समय लगातार बढिरहेको मूल्यका कारण Y31d सार्वजनिक हुँदा यसको मूल्य अपेक्षाकृत उच्च भएको थियो। यही अवस्थालाई ध्यानमा राख्दै कम्पनीले कम मूल्यको नयाँ भेरियन्ट बजारमा ल्याएको देखिन्छ ।vivo Y31d ले सेप्टेम्बर २०२५ मा सार्वजनिक भएको vivo Y21d लाई प्रतिस्थापन गरेको हो। मूल्यमा उल्लेखनीय वृद्धिसुरुवातमा vivo Y31d को मूल्य 6GB/128GB भेरियन्टका लागि रु. २९,४९९, 8GB/128GB का…

Read More